त्रिभुवन विश्वविद्यालयमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएकामा ३ लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित

त्रिभुवन विश्वविद्यालयमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएकामा ३ लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित : Icon Khabar

काठमाडौँ, कर्तिक २३ । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्षमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शैक्षिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा स्नातक तहदेखि पीएचडीसम्मका लागि २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका हुन् ।

सोही अवधिमा तीन लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन् । अर्थात् भर्ना भएको विद्यार्थीको तुलनामा १३.१३ प्रतिशत मात्रै दीक्षित भएका हुन् । हरेक वर्ष ५ लाखको हाराहारीमा विद्यार्थी भर्ना हुँदै आएका छन् । तर, पास भने ६० देखि ७० हजारको हाराहारीमा मात्रै छन् ।

शैक्षिक वर्ष २०७५/७७६ मा ४ लाख १५ हजार ४८२ भर्ना हुँदा ७० हजार ५६१ विद्यार्थी दीक्षित भएका थिए । यस्तै, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना र ५७ हजार १८३ दीक्षित भएका थिए । २०७७/७८ मा ४ लाख २२ हजार ६५३ भर्ना र ३० हजार १९९ दीक्षित भएका थिए ।

त्यस्तै २०७८/७९ मा ४ लाख ५४ हजार ६५ भर्ना र ६३ हजार २२३ दीक्षित, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ भर्ना र ७७ हजार १०३ दीक्षित र २०८०/८१ मा ५ लाख ८७ हजार ७१९ भर्ना र ७३ हजार ७४९ दीक्षित भएको त्रिविको तथ्याङ्क छ ।

विद्यार्थी भर्ना हुने दर पास हुने दरमा निकै भिन्नता देखिएको हो । त्रिविले यसलाई न्यूनीकरण गर्दै पासदर समेत बढाउने योजनाहरू अघि सारेको छ । त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले पढाइको गुणस्तर सुधार तथा परीक्षाको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न