आदर्श आजाद माविद्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न

आदर्श आजाद माविद्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २३ । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार अन्तर्गत आदर्श आजाद मावि,भीमसेनस्थान,भक्तपुरको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भयो ।

छात्र १५०० मि.को दोैड प्रतियोगितामा ज्योति माबिका रोशन श्रेष्ठ प्रथम हुँदा समाज सुधार माविका प्रवेश प्रजा दोस्रो र जोरपाटी माविका राजकुमार विक तेस्रो हुन सफल भएका थिए ।

छात्रा तर्फ १००० मि को दौडमा गणेश मावि सिपाडोलकी सुस्मा खड्का प्रथम हुँदा बागीश्वरी माविकी दिया लाखाजु दोस्रो र तारा माविकी पृतिका श्रेष्ठ तृतीय भएकी थिइन ।

सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति अन्तर्गत रहेका १७ वटा विद्यालयको शैक्षिक उन्नयनका लागि वार्षिक कार्यक्रमहरु तर्जुमा गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसैक्रममा आज भएको दौड प्रतियोगिताका विजयी खेलाडीहरुलाई आजै आदर्श आजाद माविको सभाहलमा आयोजित एक समारोह बीच पुरस्कार वितरण भएको छ ।

संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले बिजयी तथा सहभागी विद्यालय र खेलाडीहरुलाई प्रमाण—पत्र एवं मेडल वितरण गर्नु हुँदै विद्यालयभित्र हुने खेल गतिविधिहरुलाई बाहिर ल्याएर आदर्श आजाद माविले २०७५ साल पछि पहिलो पटक दौड प्रतियोगिता आयोजना गरी १७ वटा सार्वजनिक माविको एकतालाई प्रस्तुत गरेकोमा विद्यालयलाई धन्यवाद ब्यक्त गरे।

उनले तेल के हेर्नु तेलको धार हेर्नु, साथी के हेर्नु साथीको सँगत हेर्नु भन्ने उखान जस्तै विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यार्थीहरुलाई दुर्व्यसनीबाट जोगाउन पूर्व तयारी गर्नुपर्नेमा जोड दिए।

आयोजक विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति श्रीकृष्ण किसीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र शैक्षिक गणतव्यस्थल बनाउन शिक्षक, अभिभावक र विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै खेलकूदले विद्यार्थीहरुको शारिरीक र मानसिक मात्र नभई बौद्धिक, स्वास्थ्य, अनुशासनसँगै विद्यार्थीहरुमा रहेको प्रतिभा र सिपको विकास एवं शैक्षिक उन्नयन हुनेमा जोड दिए।

खेलकूदमा लागेपछि विद्यार्थीको पढाई बिग्रिन्छ भन्ने मानसिकतालाई हटाएर खेल क्षेत्रमा लागेका विद्यार्थीहरु थप अनुशासित र जिम्मेवार एवं शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट हुने भएकाले विद्यार्थीहरुलाई खेलकूद गतिविधिमा पनि सक्रिय बनाउनुपर्नेमा पनि प्रधानाध्यापक किसीले जोड दिए।

कार्यक्रमका अतिथि गणेश मावि छालिङका प्रधानाध्यापक इन्द्रबहादुर फोजूले संयुक्त परीक्षा समितिले नियमित गतिविधिहरु आयोजना गर्दै आउने क्रममा मंसिरमा गाणेश मावि छालिङ्गले गणित र विज्ञान सम्बन्धि शैक्षिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको उल्लेख गर्दै खेलकूदले विद्यार्थीहरुलाई सामाजिकीकरण गर्न तथा अनुशासित बनाउने कुरा बताए।

ज्योति माविका प्रअ मिलन कायष्ठले प्रतियोगिता प्रतिस्पर्धा गर्नकालागि मात्र नभई आफ्नो क्षमता र सिप विकास एवं प्रदर्शनीको लागि पनि भएको बताए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आदर्श आजाद माविका सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुले खेलकूद आत्मरक्षा र देश सुरक्षाको लागि पनि आवश्यक भएकोले विद्यालयस्तरमा खेलकूद गतविधि बढाउनुपर्नेमा जोड दिए।

विद्यालयका प्लस टु इन्चार्ज शिक्षक राकेश सुकुपायोले धन्यवादज्ञापन गरेको सो कार्यक्रममा शिक्षक विमल प्रधानले समेत बोलेका थिए। विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीले रिवन काटेर उद्घाटन गरेको सो प्रतियोगितामा संयुक्त परीक्षा समितिका अन्तर्गत रहेका १७ वटा विद्यालयका ३४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Published Date: 08 November 2024
ताजा
नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द
बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको पत्राचार
आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता