शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २३ । हिजो तोलामा ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ १ लाख ६४ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै विश्व बजारमा सुनको भाउ घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको छ ।

यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६०.११ डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 08 November 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा