शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २३ । हिजो तोलामा ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ १ लाख ६४ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै विश्व बजारमा सुनको भाउ घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको छ ।

यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६०.११ डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 08 November 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू