क्राइम पेट्रोलका अभिनेता नितिन चौहानको निधन

क्राइम पेट्रोलका अभिनेता नितिन चौहानको निधन : Icon Khabar

मुम्बई, कार्तिक २३ । भारतीय टेलिभिजन रियालिटी शो ‘दादागिरी–२’ जितेर लोकप्रिय भएका टेलिभिजन अभिनेता नितिन चौहानको बिहीबार मुम्बईमा निधन भएको छ । उनी केवल ३५ वर्षका थिए ।

उत्तर प्रदेशको अलीगढ जिल्लाका स्थायी वासिन्दा नितिनले एमटिभीको ‘स्प्लिट्स भिल्ला सीजन ५’ पनि जितेका थिए । यी दुई रियालिटी शोबाहेक उनले जिन्दगी डटकम, क्राइम पेट्रोल तथा फ्रेण्ड्स जस्ता धारावाहिकहरुमा समेत अभिनय गरेका थिए । उनी क्राइम पेट्रोलका पनि निकै लोकप्रिय भएका थिए ।

नितिनले अन्तिम पटक सन् २०२२ मा सब टिभीका लागि ‘तेरा यार हूँ मैं’ मा काम गरेका थिए । यो शोका उनका सह–कलाकार सुदीप साहित तथा सायन्तनी घोषले उनको निधनको खबरलाई पुष्टि गरेका छन् । यद्यपि, उनीहरुसंग थप जानकारी छैन । उनका एक पूर्व सह–कलाकार विभूति ठाकुरको सामाजिक सञ्जाल पोस्ट अनुसार नितिनले आत्महत्या गरेका हुन् ।

सूत्रका अनुसार उनका बुवा उनको निधनको खबरपछि मुम्बई पुगेका छन् र उनको पार्थिव शरीरलाई अलीगढ ल्याइने छ । अहिले उनको निधनका बारेमा प्रहरीको तर्फबाट कुनै पनि भनाइ सार्वजनिक भएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

Published Date: 08 November 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु