युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ। गएराति रेड स्टार स्टेडियममा स्पेनिस क्लब बार्सिलोनाले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ५-३ को सानदार जित निकालेको हो।

बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। गोलको सुरूवात बार्सिलोनाका इनिगो मार्टिनेजले गरेका थिए। उनले १३ औं मिनेटमा गोल गरे। २७ मिनेटमा बेलग्रेडका सिलसले बराबरी गोल फर्काए।

४३ र ५३ मिनेटमा लेवान्डोस्कीले गोल गरेका थिए। लगत्तै ५५ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल थपे । ७६ मिनेटमा फरमिन लोपेजले गोल गरेपछि बार्सिलोनाले बेलग्रेडमाथि कुल ५ गोल गरेको हो।

८४ मिनेटमा बेलग्रेडका मिल्सनले गोल थपेपछि बार्सिलोना ५-२ गोलले विजयी भएको थियो। गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले पिएसजीलाई २-१ गोलले पराजित गरेको थियो।

बार्सिलोना ४ खेलबाट ९ अंक जोड्दै छैटौं स्थानमा छ। बेलग्रेड लगातार चार खेलमा पराजित हुँदै ३५ औं नम्बरमा छ। पिएसजी २५ र एथ्लेटिको मड्रिड २३ औं स्थानमा छ।

Published Date: 07 November 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु