ईडीभी भर्ने आज अन्तिम दिन, आज राति १०ः४५ बजेसम्म आवेदन दिन सकिने

ईडीभी भर्ने आज अन्तिम दिन, आज राति १०ः४५ बजेसम्म आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला गरेको ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने अमेरिकी राजदूतावासले जानकारी दिएको हो ।

ईडीभी भर्ने म्याद कात्तिक २० गतेसम्मका लागि थियो । यद्यपि २ दिन समय थप गरी कात्तिक २२ गते अर्थात् आजसम्म भर्न सकिने व्यवस्था गरिएको थियो ।

अमेरिकी दूतावासका अनुसार ईडीभीमा आज साँझ १०ः४५ बजेसम्म आवेदन दिन सकिने छ । नेपालबाट पनि ईडीभी अमेरिका जानेहरूको संख्या बढ्दो छ । यसपटक पनि ईडीभी भर्नेको संख्या उच्च रहेको बताइएको छ ।

प्रत्येक वर्ष अमेरिकन सरकार ईडीभी भिसामार्फत एशियाली देशबाट हजारौँ संख्यामा अमेरिका लैजाने गर्छ । यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने ईडीभी भर्न पाउँदैनन् । चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले ईडीभी भर्नका लागि स्वीकृति दिइएको छैन ।

उक्त अमेरिकन ईडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ । नेपालबाट पनि प्रत्येक वर्ष ठूलो संख्यामा ईडीभी परेर अमेरिका गइरहेको देखिन्छ ।

Published Date: 07 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने