ईडीभी भर्ने आज अन्तिम दिन, आज राति १०ः४५ बजेसम्म आवेदन दिन सकिने

ईडीभी भर्ने आज अन्तिम दिन, आज राति १०ः४५ बजेसम्म आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला गरेको ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने अमेरिकी राजदूतावासले जानकारी दिएको हो ।

ईडीभी भर्ने म्याद कात्तिक २० गतेसम्मका लागि थियो । यद्यपि २ दिन समय थप गरी कात्तिक २२ गते अर्थात् आजसम्म भर्न सकिने व्यवस्था गरिएको थियो ।

अमेरिकी दूतावासका अनुसार ईडीभीमा आज साँझ १०ः४५ बजेसम्म आवेदन दिन सकिने छ । नेपालबाट पनि ईडीभी अमेरिका जानेहरूको संख्या बढ्दो छ । यसपटक पनि ईडीभी भर्नेको संख्या उच्च रहेको बताइएको छ ।

प्रत्येक वर्ष अमेरिकन सरकार ईडीभी भिसामार्फत एशियाली देशबाट हजारौँ संख्यामा अमेरिका लैजाने गर्छ । यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने ईडीभी भर्न पाउँदैनन् । चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले ईडीभी भर्नका लागि स्वीकृति दिइएको छैन ।

उक्त अमेरिकन ईडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ । नेपालबाट पनि प्रत्येक वर्ष ठूलो संख्यामा ईडीभी परेर अमेरिका गइरहेको देखिन्छ ।

Published Date: 07 November 2024


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?