टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत

टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत : Icon Khabar
Tiktok

काठमाडौं, कार्तिक २१ । सामाजिक संजाल टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत भएको छ । कम्पनीले तिहारअघि नै सबै कानुनी प्रक्रिया पूरा गरेपनि मङ्गलबार सरकारी कार्यालय खुलेपछि औपचारिक रूपमा टिकटक सूचीकृत भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक सूचीकृत भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । “तीन साता अगाडि दिएको निवेदन तिहार अगाडि नै स्वीकृत भएको हो । टिकटकको नेपाली सम्पर्क व्यक्ति राम बहादुर थापाले हिजो (मङ्गलबार) मात्र चिठ्ठी बु‍झ्नु भएको छ ।”

सूचीकृत भएसँगै नेपाल सरकारले मागेको खण्डमा टिकटकले डेटाहरू दिनुपर्नेछ भने कुनै गलत सूचना प्रवाह भएको खण्डमा नेपाल सरकारको अनुरोधमा त्यस्ता भिडिओहरू तत्कालै हटाउनु पर्नेछ । त्यस्तै टिकटकले डिजिटल सुरक्षा र साक्षरताका लागि सहयोग गर्नुपर्ने छ । साथै सार्वजनिक शिक्षालाई सूचना प्रविधिमा आधारित बनाउनुपर्ने र टिकटकमा नेपाली भाषाहरूको फिल्टरिङ र मोडरेसनको सुनिश्चितता गर्नुपर्ने शर्त पूरा गर्नुपर्ने छ ।

प्रतिबन्ध फुकुवा हुनासाथ टिकटकले नेपाली कन्टेन्ट क्रियटरलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । अघिल्लो महिना क्रियटरलाई उनीहरूको व्यवसाय कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा कम्पनीले कार्यशाला आयोजना गरेको थियो । त्यस्तै तिहार पर्वलाई लक्षित गरेर पनि कम्पनीले #तिहार२०२४ कार्यक्रम आयोजना गरेको थियो ।

टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि नेपालमा भाइबर र विटक सूचीकृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2024
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित