टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत

टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत : Icon Khabar
Tiktok

काठमाडौं, कार्तिक २१ । सामाजिक संजाल टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत भएको छ । कम्पनीले तिहारअघि नै सबै कानुनी प्रक्रिया पूरा गरेपनि मङ्गलबार सरकारी कार्यालय खुलेपछि औपचारिक रूपमा टिकटक सूचीकृत भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक सूचीकृत भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । “तीन साता अगाडि दिएको निवेदन तिहार अगाडि नै स्वीकृत भएको हो । टिकटकको नेपाली सम्पर्क व्यक्ति राम बहादुर थापाले हिजो (मङ्गलबार) मात्र चिठ्ठी बु‍झ्नु भएको छ ।”

सूचीकृत भएसँगै नेपाल सरकारले मागेको खण्डमा टिकटकले डेटाहरू दिनुपर्नेछ भने कुनै गलत सूचना प्रवाह भएको खण्डमा नेपाल सरकारको अनुरोधमा त्यस्ता भिडिओहरू तत्कालै हटाउनु पर्नेछ । त्यस्तै टिकटकले डिजिटल सुरक्षा र साक्षरताका लागि सहयोग गर्नुपर्ने छ । साथै सार्वजनिक शिक्षालाई सूचना प्रविधिमा आधारित बनाउनुपर्ने र टिकटकमा नेपाली भाषाहरूको फिल्टरिङ र मोडरेसनको सुनिश्चितता गर्नुपर्ने शर्त पूरा गर्नुपर्ने छ ।

प्रतिबन्ध फुकुवा हुनासाथ टिकटकले नेपाली कन्टेन्ट क्रियटरलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । अघिल्लो महिना क्रियटरलाई उनीहरूको व्यवसाय कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा कम्पनीले कार्यशाला आयोजना गरेको थियो । त्यस्तै तिहार पर्वलाई लक्षित गरेर पनि कम्पनीले #तिहार२०२४ कार्यक्रम आयोजना गरेको थियो ।

टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि नेपालमा भाइबर र विटक सूचीकृत भइसकेका छन् ।

Published Date: 06 November 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता