कटुन्जेस्थित युनिटी स्कूलमा तिहार साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न

कटुन्जेस्थित युनिटी स्कूलमा तिहार साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक १६ । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका कटुन्जेस्थित युनिटी सेकेण्डरी स्कूलमा तिहार साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयले  विद्यार्थी, शिक्षक र ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे हो। कार्यक्रममा प्रमुख आतिथ्यता बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गरेका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जाेशी, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सन्जय खड्का, सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवाल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयबाट एसईई २०८० मा  ४ जिपिए प्राप्त गर्न सफल विद्यार्थी आशिष थापालाई नगद रू. २० हजारसहित सम्मान गरिएको थियाे ।

विद्यालयका प्रिन्सिपल विपिन गुमान्जुले साे कार्यक्रममा ज्येष्ठ नागरिक, १० वर्षसम्म निरन्तर सेवारत शिक्षक तथा हाल कार्यरत शिक्षक, एसईई उत्तीर्ण विद्यार्थी सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको कुरा प्रिन्सिपल विपिन गुमान्जुले आइकन खबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने