सल्लाघारीस्थित अक्स्फोर्ड स्कूलको वार्षिकोत्सव २०८१ सम्पन्न

सल्लाघारीस्थित अक्स्फोर्ड स्कूलको वार्षिकोत्सव २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक १६ । अक्स्फोर्ड प्राक्टिकल स्कूल, भक्तपुरको वार्षिक समारोह विशेष तिहार, नेपाल संवत् र छठ को शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गत कार्तिक १४ गते सम्पन्न भएको छ ।

हरेक वर्ष यमपञ्चकको पहिलो दिन काग तिहारको अवसर पारी यस स्कूलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै आएको छ । उक्त विशेष कार्यक्रममा अक्स्फोर्डका छात्रछात्राहरुले विभिन्न गीतसंगीत, नाटक, नृत्य फेसन शो आदि प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले प्रवेशिका परीक्षा २०८० मा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो। साथै सो प्रवेशिका परीक्षा सफल पार्न सहयोग गर्ने शिक्षक शिक्षिकाहरुलाई पनि सम्मानपत्रद्वारा उक्त कार्यक्रममा सम्मान गरेको थियो।

सोही समारोहमा विद्यालयले विभिन्न शिर्षकहरुमा वर्ष २०८० का उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरेको थियो। सम्मान पाउनु हुने हरुमा ‘नियमित र समर्पित शिक्षक’ शीर्षकका लागि शिक्षिका रेनुका श्रेष्ठ, र शिक्षिका मनिता नेपाल, ‘सबल शिक्षक’ शीर्षकका लागि शिक्षिका कृषला बयलकोटी र ‘ प्रेरणादायी शिक्षक’ शीर्षकका लागि शिक्षक शिव भुजू थिए।

प्रवेशिका परीक्षा २०८० मध्यका विद्यार्थी लक्ष्मण अवाललाई उत्कृष्ट विद्यार्थी २०८० को अवार्डले सम्मान र २०८० को सम्पूर्ण कक्षाको उत्कृष्ट ५ लाई पनि सम्मान गरिएको सोही कार्यक्रममा विद्यालयले अभिभावकहरू मध्यबाट दुई जनालाई ‘उत्कृष्ट अभिभावक २०८०’ को शीर्षकबाट पनि सम्मानित गरेको थियो।

सम्मान प्राप्त गर्नेहरुमा कक्षा ७ का रुत्भि शिलाकारका र कक्षा १ का सरगम प्रसाईका अभिभावक हुनु हुन्थ्यो। साथै आया दिदीहरु मध्यबाट विगत लामो समयदेखि विद्यालयको कामकाजमा सहयोग पुर्याउनु हुने दुई सहयोगी दिदीहरु विमला कार्की र यमुना कुँवरलाई सम्मान गरेको
थियो।

विद्यालय व्यवस्थापन समिति (विव्यस)का संस्थापक अध्यक्ष राम दुवालको सभापतित्व तथा विद्यालय इन्चार्ज शिव भूजूको संयोजनमा सम्पन्न सो कार्यक्रममा जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष तथा नवरत्न स्कूलका प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि एबं भक्तपुर नगर शिक्षा शाखा प्रमुख साधुराम फुयाँल, भक्तपुर नगर शिक्षा शाखाका सदस्य रामेश्वर मचामसि, विद्यालयका प्रिन्सिपल रवि दुवाल, विव्यसका भूपु अध्यक्ष पशुपतिमान थकु, सदस्य पुरुषोत्तम शिल्पकार, लक्ष्मी सुवाल, मधुमर्दन शर्मा लगायतको सहभागिता थियो।

अभिभावक र विद्यार्थीहरूको भव्य सहभागिता रहेको सो कार्यक्रममा कक्षा १० का विद्यार्थीहरु प्रवेश बराल, स्मृति तामाङ, दीप्ति गिरी, राकेश श्रेष्ठ र जेनिशा शिल्पकारको उद्घोषण रहेको थियो। साथै कार्यक्रमको अन्तिममा विद्यार्थीहरूले सामूहिक देउसी-भैलो खेलेर व्यापक मनोरञ्जन गरेका थिए।

Published Date: 01 November 2024






ताजा
मिनर्वा इङ्गलिस स्कुलमा प्रि–प्राइमरी तहका ७८ विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २७ गते शुक्रबार
बिस्का जात्रा तथा नयाँ वर्ष २०८३: तमारीमा शुभकामना सभा सम्पन्न
सूर्यविनायक नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, ७५.६९ % विद्यार्थी ग्रेडेड






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ