खसीको मासु भनेर बाख्राको मासु बेच्ने पसले पक्राउ

खसीको मासु भनेर बाख्राको मासु बेच्ने पसले पक्राउ : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । सिरहाको लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ। यसक्रममा सोमबार नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा एक मासु पसलेले खसीको भनेर बाख्राको मासु बेचेको भेटिएको छ। त्यसरी झुक्याएर ग्राहकलाई ठगी गर्ने पसलेलाई कारबाही गरिएको उपप्रमुख महतोले जानकारी दिए। उनका अनुसार ती पसलेलाई पसलेलाई पाँच हजार जरिवाना गरिएको छ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भेटिएपछि ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो। उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए।

अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।

Published Date: 29 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न