उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई कारबाही

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई कारबाही : Icon Khabar

काठमाडौं, कार्तिक १२ । उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

आइतवार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारवाही गरेको हो । उक्त विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।

प्राधिकरणका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ भने नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

थाई एयर एसियाको उक्त विमानको शनिवारसम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको छ ।

विशेष चार्टर्ड उडान अनुमति पाएको विमानले काठमाडौणबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
Published Date: 28 October 2024
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक