भक्तपुरमा वरिष्ठ गायक मधु क्षेत्री सम्मानित

भक्तपुरमा वरिष्ठ गायक मधु क्षेत्री सम्मानित : Icon Khabar
तस्बिर: रविन थापा

भक्तपुर, कार्तिक १० । भक्तपुरमा आज वरिष्ठ गायक मधु क्षेत्री सम्मानित भएका छन्। फुलै फुल मात्र पनि होइन रैछ जीवन, पानी खाने निहुँले तिम्रो घरमा आउँला मौका मिले रानीवनमा घुम्न जाउँला लागायत का थुप्रै कालजयी गीतका गायक क्षेत्रीलाइ आज सम्मान गरिएको हो।

भक्तपुर सांगीतिक समाजद्वारा शुभ दीवापली, नयाँ नेपाल संवत ११४५ र छठ पर्व २०८१ को आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा गाउअक क्षेत्रीलाई सम्मान गरिएको हो। नेपाली सांगीतिक क्षेत्रमा विगत ४ दशक भन्दा बढि समयदेखि अतुलनिय योगदान पुर्याउन्दै आएको कुरालाई सम्मानार्थ सो सम्मान गरिएको कुरा समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

कार्यक्रममा गायक क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आफुले पहिला रेडियो नेपालमा गरेको संघर्षदेखि आफ्ना समकालीन मित्र गायक उदितनारायण झा सँगसँगै बिताएका ति दिनहरु सम्झिदै आफ्नो लोकप्रिय गीत पनि गाएका थिए।

सो कार्यक्रममा वरिष्ठ रचनाकार तथा समाजका सल्लाहकार सुवासचन्द्र ढुंगेलले पनि आफ्नो मन्तव्य राख्दै समाजले नेपाली संगीतलाई थप उचाईमा पुर्याउन गर्दै आएको विभिन्न सांगीतिक कार्यक्रमको बारे स्मरण गरे। उनले सम्मानित गायक क्षेत्री अमेरिकाबाट नेपाल आएको मौकामा आफ्नो छिटै आउनलागेको पोड्कास्टमा क्षेत्रीलाई नै पहिलो अतिथि बनाएको कुरा पनि जानकारी दिए।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष प्रवीण शाहीले गीतकार लक्ष्मीप्रसाद कसुलाको शब्दमा र आफ्नै आवाज अनि संगीतमा भर्खरै रेकर्ड गरेको नयाँ गीत आउ नाचौ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक पनि भएको थियो।

भक्तपुरमा रहेका गायक गायिका, संगीतप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्त्यव्य समाजका कार्य समिति सदस्य रविन थापाले दिएका थिए।

कार्यक्रमको संचालन लोकप्रिय रेडियोकर्मी किरण सुवालले गरेका थिए।

Published Date: 26 October 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग