आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ११ । आज‌ २०८१ कार्तिक ११ गते आइतबार, तदनुसार २० अक्टोबर २०२४ । आज सूर्योदय बिहान ०६:०६ बजे, सूर्यास्त साँझ १७:२९ बजे हुनेछ ।

आजको राशिफल

मेष: आज मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आपसी तालमेल रहने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी लाभप्रद रहने छ । घरमा सुख–शान्ति कायम रहने छ ।

वृष: स्थायी सम्पत्तिको कामबाट ठूलो लाभ हुनसक्छ । प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चोट अथवा रोगबाट वाधा सम्भव छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्रो व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । कार्यभार बढ्ने छ । सहकर्मीसंग तालमेल नमिल्न सक्छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यमा वाधा आउन सक्छ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

Published Date: 27 October 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा