आजको मौसम पूर्वानुमान: पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, कार्तिक १० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन