‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश, दुई सातामा आक्रमक कमाइ

‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश, दुई सातामा आक्रमक कमाइ : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । दिपकराज गिरी र दिपाश्री निरौला निर्मित फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले दुई सातामा आक्रमक कमाइ समेत गर्न सफल भएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको हो ।

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ ले सो अवधिमा १७ करोड ६० लाख ग्रस कमाइ गरेको हो । यो कूल कमाइमा काठमाडौं वरपर र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले जनाएका छन् । उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोड ग्रस सम्मको व्यापार गर्न सक्ने बताएका छन् ।

फिल्ममा दिपकराज गिरी, बर्षा सिवाकोटी, केदार प्रसाद घिमिरे, प्रकाश घिमिरे लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्ममा पितासँगको सम्बन्ध र राष्ट्र प्रेमलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0
Published Date: 25 October 2024
Website | + posts




ताजा
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने