‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश, दुई सातामा आक्रमक कमाइ

‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश, दुई सातामा आक्रमक कमाइ : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । दिपकराज गिरी र दिपाश्री निरौला निर्मित फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले दुई सातामा आक्रमक कमाइ समेत गर्न सफल भएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको हो ।

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ ले सो अवधिमा १७ करोड ६० लाख ग्रस कमाइ गरेको हो । यो कूल कमाइमा काठमाडौं वरपर र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले जनाएका छन् । उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोड ग्रस सम्मको व्यापार गर्न सक्ने बताएका छन् ।

फिल्ममा दिपकराज गिरी, बर्षा सिवाकोटी, केदार प्रसाद घिमिरे, प्रकाश घिमिरे लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्ममा पितासँगको सम्बन्ध र राष्ट्र प्रेमलाई प्रस्तुत गरिएको छ ।

Published Date: 25 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु