अमलेखगञ्जबाट १४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ

अमलेखगञ्जबाट १४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, कार्तिक ९ । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

Published Date: 25 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु