बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, कार्तिक ८ । सुन–चाँदीको भाउ आज रेकर्ड मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यसअघि सुनको भाउले लगातार ७ औं दिन नयाँ रेकर्ड कायम गरेको थियो ।

लगातार नयाँ रेकर्ड कायम भईराख्दा १ सातामा सुनको भाउ प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ । बुधबार (कात्तिक ७ गते) छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार (कात्तिक ७ गते) भने चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन चाँदीको भाउ प्रतितोला २१ सय ३५ रुपैयाँ कायम भएको थियो ।

Published Date: 24 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न