बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, कार्तिक ८ । सुन–चाँदीको भाउ आज रेकर्ड मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यसअघि सुनको भाउले लगातार ७ औं दिन नयाँ रेकर्ड कायम गरेको थियो ।

लगातार नयाँ रेकर्ड कायम भईराख्दा १ सातामा सुनको भाउ प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ । बुधबार (कात्तिक ७ गते) छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार (कात्तिक ७ गते) भने चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन चाँदीको भाउ प्रतितोला २१ सय ३५ रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने