जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । राजधानी काठमाडौँसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

उता दाङको घोराही उपमहानगरपालिका-१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेकफ राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रुपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो ।

Published Date: 22 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न