शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार कात्तिक १ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो ।

पछिल्लो समय युक्रेनमाथि रुसको हमला बढ्दै जानु र त्यसपछिको इजरायल–लेबनान–इरानको द्वन्द्व तथा अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायतका कारण सुनको भाउ बढ्दै गएको विश्लेषकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
Published Date: 18 October 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने