शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार कात्तिक १ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो ।

पछिल्लो समय युक्रेनमाथि रुसको हमला बढ्दै जानु र त्यसपछिको इजरायल–लेबनान–इरानको द्वन्द्व तथा अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायतका कारण सुनको भाउ बढ्दै गएको विश्लेषकहरुको भनाई छ ।

Published Date: 18 October 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग