आईफोन १६ पछि अब विश्वमा आईफोन १८ का बारे चर्चा

आईफोन १६ पछि अब विश्वमा आईफोन १८ का बारे चर्चा : Icon Khabar

काठमाडौं, कार्तिक २ । विश्वको सबैभन्दा लोकप्रिय मोबाइल फोन अर्थात एप्पलको आईफोनको नयाँ मोडल सार्वजनिक भएको केही सातामात्र भएको छ । नेपालमा बजारमा समेत भरखरै उपलब्ध हुन थालेको आईफोन १६ ले अहिले विश्व बजारमा चर्चा पाइरहेको छ ।

यद्यपि, आईफोन १६ विश्वका सबै देशहरुमा पुग्न बाँकी नै रहेको बेला फोनका पारखीहरुमाझ आईफोन १७ तथा आईफोन १८ का बारेमा चर्चा हुन थालिसकेको छ । नयाँ आइफोन सार्वजनिक भएलगत्तै अघिल्लो जेनेरेशनको चर्चा प्रारम्भ हुनुलाई खासै अस्वभाविक रुपमा समेत लिईँदैन ।

यसैबीच, यतिबेला आईफोन १८ का केही जानकारीहरु लीक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् । ती समाचारहरुमा उल्लेख भए अनुसार आईफोन १८ मा टु एनएम प्रोसेसर समावेश गरिने सम्भावना छ । भनिन्छ, एप्पल आईफोन १८ सन् २०२६ मा सार्वजनिक हुनेछ । यसका लागि अझै केही वर्ष प्रतिक्षा गर्नु पर्नेछ । यद्यपि, यो फोनसंग सम्बन्धि जानकारीहरु भने सार्वजनिक हुन थालिसकेका छन् ।

रिपोर्टका अनुसार यो नयाँ आइफोनमा विश्वकै पहिलो टु एनएम प्रोसेसर समावेश गरिने छ । उक्त प्रोसेसरलाई टिएसएमसी (ताइवान सेमीकन्टक्टर मेनूफ्याक्चरिङ कम्पनी) ले बनाउने सम्भावना छ । एप्पल आईफोन १८ सीरीजमा ए२० प्रोसेसर समावेश हुने सम्भावना छ, जुन नेक्स्ट लेभलको फेब्रिकेशनमा आधारित हुनेछ । यसले अत्यधिक गति तथा उत्कृष्ट परफर्मेन्स दिनेछ । उक्त प्रोसेसरले कम इनर्जी खपत गर्नेछ, जसबाट आगामी आईफोनमा उत्कृष्ट ब्याट्री लाइफ पनि पाइने छ । यसबाहेक कम्पनीले फोनमा केही नयाँ अपडेटसमेत उपलब्ध गराउने छ ।

आईफोन १८ मा एप्पलको ट्रेडिशनल इन्फो (इन्टिग्रेटेड फ्यान–आउट) प्याकेजिङको स्थानमा डब्ल्यूएमसिएम (वेफर–लेभल–मल्टि–चिप मोड्यूल) प्याकेजिङ दिन सक्ने छ । नयाँ प्रविधिको प्रयोगबाट मल्टीपल कम्पोनेन्टहरुले उत्कृष्ट इन्टिग्रेशन पाउने छन् । यसबाट फोनमा उत्कृष्ट परफर्मेन्स तथा तिब्र कम्युनिकेशन पाउन सकिने छ ।

टु एनएम चिपसंगै कम्पनीले आईफोन १८ मा १२ जिबिको र्यामसमेत दिन सक्ने छ, जुन अहिले उपलब्ध आइफोन १६ को तुलनामा डेढ गुणा बढी हुनेछ । आईफोन १८ को डिजाइनका बारेमा अहिले कुनै पनि जानकारी सार्वजनिक भएको छैन । कम्पनीले हालैमात्र आईफोन १६ सार्वजनिक गरेको छ । यद्यपि, अहिलेदेखि नै आईफोन १७ तथा आईफोन १८ का बारेमा जिज्ञासा तथा कौतुहलता पैदा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 October 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने