आईफोन १६ पछि अब विश्वमा आईफोन १८ का बारे चर्चा

आईफोन १६ पछि अब विश्वमा आईफोन १८ का बारे चर्चा : Icon Khabar

काठमाडौं, कार्तिक २ । विश्वको सबैभन्दा लोकप्रिय मोबाइल फोन अर्थात एप्पलको आईफोनको नयाँ मोडल सार्वजनिक भएको केही सातामात्र भएको छ । नेपालमा बजारमा समेत भरखरै उपलब्ध हुन थालेको आईफोन १६ ले अहिले विश्व बजारमा चर्चा पाइरहेको छ ।

यद्यपि, आईफोन १६ विश्वका सबै देशहरुमा पुग्न बाँकी नै रहेको बेला फोनका पारखीहरुमाझ आईफोन १७ तथा आईफोन १८ का बारेमा चर्चा हुन थालिसकेको छ । नयाँ आइफोन सार्वजनिक भएलगत्तै अघिल्लो जेनेरेशनको चर्चा प्रारम्भ हुनुलाई खासै अस्वभाविक रुपमा समेत लिईँदैन ।

यसैबीच, यतिबेला आईफोन १८ का केही जानकारीहरु लीक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् । ती समाचारहरुमा उल्लेख भए अनुसार आईफोन १८ मा टु एनएम प्रोसेसर समावेश गरिने सम्भावना छ । भनिन्छ, एप्पल आईफोन १८ सन् २०२६ मा सार्वजनिक हुनेछ । यसका लागि अझै केही वर्ष प्रतिक्षा गर्नु पर्नेछ । यद्यपि, यो फोनसंग सम्बन्धि जानकारीहरु भने सार्वजनिक हुन थालिसकेका छन् ।

रिपोर्टका अनुसार यो नयाँ आइफोनमा विश्वकै पहिलो टु एनएम प्रोसेसर समावेश गरिने छ । उक्त प्रोसेसरलाई टिएसएमसी (ताइवान सेमीकन्टक्टर मेनूफ्याक्चरिङ कम्पनी) ले बनाउने सम्भावना छ । एप्पल आईफोन १८ सीरीजमा ए२० प्रोसेसर समावेश हुने सम्भावना छ, जुन नेक्स्ट लेभलको फेब्रिकेशनमा आधारित हुनेछ । यसले अत्यधिक गति तथा उत्कृष्ट परफर्मेन्स दिनेछ । उक्त प्रोसेसरले कम इनर्जी खपत गर्नेछ, जसबाट आगामी आईफोनमा उत्कृष्ट ब्याट्री लाइफ पनि पाइने छ । यसबाहेक कम्पनीले फोनमा केही नयाँ अपडेटसमेत उपलब्ध गराउने छ ।

आईफोन १८ मा एप्पलको ट्रेडिशनल इन्फो (इन्टिग्रेटेड फ्यान–आउट) प्याकेजिङको स्थानमा डब्ल्यूएमसिएम (वेफर–लेभल–मल्टि–चिप मोड्यूल) प्याकेजिङ दिन सक्ने छ । नयाँ प्रविधिको प्रयोगबाट मल्टीपल कम्पोनेन्टहरुले उत्कृष्ट इन्टिग्रेशन पाउने छन् । यसबाट फोनमा उत्कृष्ट परफर्मेन्स तथा तिब्र कम्युनिकेशन पाउन सकिने छ ।

टु एनएम चिपसंगै कम्पनीले आईफोन १८ मा १२ जिबिको र्यामसमेत दिन सक्ने छ, जुन अहिले उपलब्ध आइफोन १६ को तुलनामा डेढ गुणा बढी हुनेछ । आईफोन १८ को डिजाइनका बारेमा अहिले कुनै पनि जानकारी सार्वजनिक भएको छैन । कम्पनीले हालैमात्र आईफोन १६ सार्वजनिक गरेको छ । यद्यपि, अहिलेदेखि नै आईफोन १७ तथा आईफोन १८ का बारेमा जिज्ञासा तथा कौतुहलता पैदा हुन थालिसकेको छ ।

Published Date: 18 October 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग