राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भवानी मन्दिरको पूजा–अर्चना

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भवानी मन्दिरको पूजा–अर्चना : Icon Khabar

भक्तपुर, असोज ३० । आज बुधबार कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर पुगेर नवदुर्गा भवानीको पूजा–अर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरुले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गरेका थिए ।

राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गरेका थिए । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरे ।

त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2024
Website | + posts




ताजा
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने