रेडियो नेपालले सुरू गर्यो दनुवार भाषामा समाचार प्रसारण

रेडियो नेपालले सुरू गर्यो दनुवार भाषामा समाचार प्रसारण : Icon Khabar

काठमाडौं, असोज ३० । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्न सुरु गरेको छ ।

मंगलबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पृथ्वी गुरुङबाट दनुवार भाषाको समाचार शुभारम्भ गर्दै रेडियो नेपालले २५ भाषामा समाचार दिन थालेको हो ।

यस अघि विभिन्न २४ राष्ट्रभाषामा समाचार दिँदै आएको रेडियो नेपालले अल्पसङ्ख्यामा रहेका दनुवार भाषामा समेत समाचार दिन सुरु गरेको रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले बताए।

कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले राज्यका हरेक क्षेत्रमा समावेशी र समानुपातिक बनाउनका लागि टुक्रा टुक्रामा छरिएर रहेका मालाहरूलाई उन्नुपर्ने बताए । उनले स्रोत र सत्तामा समानुपातिक मिलाउन सके मात्र देशको राष्ट्रियता मजबुत हुने बताए । मन्त्री गुरुङले राष्ट्रिय एकताको प्रर्वद्घन गर्नका लागि सबै जातजाति, भाषाभाषी, धर्मावलम्बी र लिंग क्षेत्रलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए । सङ्घीयताको मर्म भनेकै नेपालमा छरिएर रहेका विभिन्न जात, जाति भाषा, भाषी, क्षेत्र र सप्रदाय सबैलाई अधिकार दिई एउटै मालामा उन्नु रहेको बताए।

मन्त्रालयका सचिव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराएका थिए ।

रेडियो नेपालले दनुवार जागरण समितिको अनुरोध र भाषा आयोगको सिफारिसलाई ध्यानमा राख्दै बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारणको सुरु गरेको हो। दनुवार भाषा नेपालका ६२ जिल्लामा बोलिने लोपोन्मुख भाषा हो । यो भाषा काभ्रेपलाञ्चोक, सिन्धुली, सिराहा, सर्लाही, धनुषा, लगायतका जिल्लामा बस्ने दनुवार समुदायका मानिसहरूले बोल्ने गर्दछन् ।

रेडियो नेपालले भाषा, विषयवस्तु, र जनशक्ति सबैमा थप समावेशी बन्ने उद्देश्यकासाथ यो नयाँ पहल सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2024
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू