भक्तपुर, माघ २४ । भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सोमबारबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको पहिलो बैठक सोमबार सम्पन्न भएको हो।
प्रमुख प्रजापतिले धन्यवाद प्रस्ताव पारित गर्दै संविधानमा कानुनले दिएको अधिकार अधिकत्तम प्रयोग गर्ने नगरपालिकाको रुपमा भक्तपुर नगरपालिका रहेको बताए।
नगरसभाको आजको बैठक दिउँसो १ बजे बस्ने छ।
Published Date: 07 February 2023