बिपी राजमार्ग अहिले बिहान १० बजेदेखि संचालन हुने

बिपी राजमार्ग अहिले बिहान १० बजेदेखि संचालन हुने : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ असोज २५ । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन्। ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका हुन्।

राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक खुलाउन रातदिन नभनी काम भइरहेको बताउँदै शुक्रबारदेखि बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए।

Published Date: 11 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु