दशैँ अवधिभर सन्चो भएन ? सरकारी अस्पतालको आकस्मिक कक्षबाटै ओपिडी सेवा पाइन्छ है

दशैँ अवधिभर सन्चो भएन ? सरकारी अस्पतालको आकस्मिक कक्षबाटै ओपिडी सेवा पाइन्छ है : Icon Khabar

काठमाडौँ, असोज २५ । दसैँको सार्वजनिक बिदामा सरकारी अस्पताल सञ्चालन हुने भएका छन् । सङ्घीय अस्पतालहरू वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतले बिरामीलाई नफर्काउने गरी उपचारको व्यवस्था गरेका छन् ।

कतिपय अस्पतालले दसैँको नवमी र दशमीबाहेकका सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा ओपिडी सञ्चालन गर्ने भएका छन् । नवमी र दशमीका दिन ओपिडी सञ्चालन नगरे पनि ओपिडीमा आउने बिरामीलाई आकस्मिक सेवा दिने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले कतिपय अस्पतालले बिदाको दिनमा समेत बहिरङ्ग सेवा दिन लागेको जानकारी दिए। उनले केही अस्पतालले नवमी र विजया दशमीका दिन ओपिडी बन्द भए पनि आकस्मिक कक्षबाट बिरामीलाई उपचार सेवा दिने जानकारी दिए।

पछिल्लो समय सङ्घ अन्तर्गतका सरकारी अस्पतालले दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्दै आएका छन् । उनले दुई चरणमा ओपिडी सञ्चालन भएकाले दसैँको बिदामा कुनै पनि बिरामी अस्पताल आइसकेपछि उपचार गरेर मात्र फर्किने व्यवस्था मिलाइएको बताए।

Published Date: 11 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा