आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड

आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड : Icon Khabar

काठमाडौं, असोज २४ । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरीका साथै काठमाडौं उपत्यकास्थित मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, शोभाभगवती, विजेश्वरी, कंकेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । नवरात्रको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रिको आह्वान गरी आराधना गरिँदै छ । – रासस

Published Date: 10 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु