पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद : Icon Khabar

हेटौँडा, असोज २२ । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Published Date: 08 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली