मंगलबार पनि सुनको मूल्य घट्यो

मंगलबार पनि सुनको मूल्य घट्यो : Icon Khabar

काठमाडौं, असोज २२ । उच्च मूल्यमा पूगेको सुन लगातार ३ दिन घटेको छ ।

यो ३ दिनमा सुनको भाउ १२ सय रुपैयाँले घट्न पुगेको छ । यअसघि शुक्रबार (असोज १८ गते) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने लगातार ३ दिन भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ३००, ५०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर तोलाको १९ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 08 October 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली