मंगलबार पनि सुनको मूल्य घट्यो

मंगलबार पनि सुनको मूल्य घट्यो : Icon Khabar

काठमाडौं, असोज २२ । उच्च मूल्यमा पूगेको सुन लगातार ३ दिन घटेको छ ।

यो ३ दिनमा सुनको भाउ १२ सय रुपैयाँले घट्न पुगेको छ । यअसघि शुक्रबार (असोज १८ गते) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने लगातार ३ दिन भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ३००, ५०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर तोलाको १९ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2024
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने