मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल

मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल : Icon Khabar

काठमाडौं, असोज १८ । फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् ।

उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको नेटवर्थ बिहीबार २०६.२ अर्ब डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर कायम भएको छ । मार्कको सम्पति यो वर्ष ७८ अर्ब डलरले बढेको छ ।

मेटाको नाफामा आएको वृद्धिका कारण सेयर भाउ बढेको छ । १ वर्षको समय अवधिमा यस कम्पनीको सेयर भाउ ९० प्रतिशतले बढेको छ । १ महिनामा मात्रै मेटाको भाउ १४ प्रतिशत बढेको देखिएको छ ।

सेयर मूल्यमा वृद्धिका कारण यसको बजार पुँजीकरण १४ खर्ब ७० अर्ब डलर भन्दा माथि पुगेको छ । यता, इलन मस्क भने विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पति २५६ अर्ब डलर छ ।

Published Date: 04 October 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली