मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल

मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल : Icon Khabar

काठमाडौं, असोज १८ । फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् ।

उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको नेटवर्थ बिहीबार २०६.२ अर्ब डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर कायम भएको छ । मार्कको सम्पति यो वर्ष ७८ अर्ब डलरले बढेको छ ।

मेटाको नाफामा आएको वृद्धिका कारण सेयर भाउ बढेको छ । १ वर्षको समय अवधिमा यस कम्पनीको सेयर भाउ ९० प्रतिशतले बढेको छ । १ महिनामा मात्रै मेटाको भाउ १४ प्रतिशत बढेको देखिएको छ ।

सेयर मूल्यमा वृद्धिका कारण यसको बजार पुँजीकरण १४ खर्ब ७० अर्ब डलर भन्दा माथि पुगेको छ । यता, इलन मस्क भने विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पति २५६ अर्ब डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2024
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने