कहिला बन्ला अरनिको राजमार्ग र बीपी राजमार्ग ?

कहिला बन्ला अरनिको राजमार्ग र बीपी राजमार्ग ? : Icon Khabar

काठमाडौँ, असोज १७ । अरनिको राजमार्गको लार्चा–कोदारी ५ किमी सडकखण्ड अझै सुचारु हुन सकेको छैन। यस क्षेत्रमा लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ। लार्चामा ह्युम पाइप र लिपिङ्मा बेलीब्रिज जडान गरेरयातायात सञ्चालन गरिने छ।

बीपी राजमार्गको चाँकीडाँडा–कालढुंगा १८ किमी सडकखण्डमा करिब १२ किमी सडक पूर्णरुपमा बगेका कारण बिच–बिचमा सवारी साधनहरु रोकिएका छन्। यस क्षेत्रमा दुवै तर्फबाट पहिरो सफा गर्ने तथा रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्म सबै विकल्प प्रयोगरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने प्रयास जारी छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएका कारण दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। यो क्षेत्रमा बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने बताइएको छ।

कान्ति राजपथको घपेली–बगुवा १३ किमी र बागमती पुलको दाँया–बाँया पहुँच मार्गमा मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफाइ गर्ने कार्य जारी छ।

मेची राजमार्गको रमिते–फिदिम आठ किमी हेंवा पुलसहितको सहडमा पहिरो पन्छाउने तथा हेंवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ।

Published Date: 03 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली