कहिला बन्ला अरनिको राजमार्ग र बीपी राजमार्ग ?

कहिला बन्ला अरनिको राजमार्ग र बीपी राजमार्ग ? : Icon Khabar

काठमाडौँ, असोज १७ । अरनिको राजमार्गको लार्चा–कोदारी ५ किमी सडकखण्ड अझै सुचारु हुन सकेको छैन। यस क्षेत्रमा लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ। लार्चामा ह्युम पाइप र लिपिङ्मा बेलीब्रिज जडान गरेरयातायात सञ्चालन गरिने छ।

बीपी राजमार्गको चाँकीडाँडा–कालढुंगा १८ किमी सडकखण्डमा करिब १२ किमी सडक पूर्णरुपमा बगेका कारण बिच–बिचमा सवारी साधनहरु रोकिएका छन्। यस क्षेत्रमा दुवै तर्फबाट पहिरो सफा गर्ने तथा रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्म सबै विकल्प प्रयोगरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने प्रयास जारी छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएका कारण दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। यो क्षेत्रमा बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने बताइएको छ।

कान्ति राजपथको घपेली–बगुवा १३ किमी र बागमती पुलको दाँया–बाँया पहुँच मार्गमा मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफाइ गर्ने कार्य जारी छ।

मेची राजमार्गको रमिते–फिदिम आठ किमी हेंवा पुलसहितको सहडमा पहिरो पन्छाउने तथा हेंवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 03 October 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने