देशको कुन कुन सडक अझै अवरुद्व छन् ?

देशको कुन कुन सडक अझै अवरुद्व छन् ? : Icon Khabar
फाईल फोटो

काठमाडौँ, असोज १६ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ ।

प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुलेपनि जाम रहेको अवस्था छ ।
चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुनेछ ।

हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएको छ ।

यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौँ–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड खुला भएको छ ।

कुन–कुन अवरुद्ध छन् ?
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा पहिरोका कारण काठमाडौँ–धुलिखेल–सिन्धुली सडकखण्ड अवरुद्ध छ ।

टीकाभैरवमा गएको पहिरोका कारण ललितपुर–हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे–तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौँ–बल्खु–सिस्नेरी सडक अवरुद्ध छ ।

प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएको छ ।

Published Date: 02 October 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग