देशको कुन कुन सडक अझै अवरुद्व छन् ?

देशको कुन कुन सडक अझै अवरुद्व छन् ? : Icon Khabar
फाईल फोटो

काठमाडौँ, असोज १६ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ ।

प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुलेपनि जाम रहेको अवस्था छ ।
चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुनेछ ।

हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएको छ ।

यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौँ–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड खुला भएको छ ।

कुन–कुन अवरुद्ध छन् ?
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा पहिरोका कारण काठमाडौँ–धुलिखेल–सिन्धुली सडकखण्ड अवरुद्ध छ ।

टीकाभैरवमा गएको पहिरोका कारण ललितपुर–हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे–तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौँ–बल्खु–सिस्नेरी सडक अवरुद्ध छ ।

प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने