दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा : Icon Khabar

काठमाडौँ, असोज १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

दीपेन्द्र करियरकै उत्कृष्ट वरीयतामा पुगेका हुन्, यसअघि उनी छैटौं स्थानमा थिए । यस्तै टी–२० अलराउण्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् । करण केसी ७१औं स्थानमा छन् । टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् ।

सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष १०० भित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् । यो वरीयतामा इङ्गल्याण्डका लायम लिभिङ्गस्टोन शीर्ष स्थानमा यथावत् छन् ।

Published Date: 02 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास