काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : Icon Khabar

काठमाडौँ, असोज १४ । काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ।

सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।

ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको हो। दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।

यो सडकखण्ड काठमाडौं‌बाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। झ्याप्ले खोला पहिरोका कारण नौबिसे-काठमाडौं सडक जाम हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।

Published Date: 30 September 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय