कसरि अनुहार धुने ?

कसरि अनुहार धुने ? : Icon Khabar

काठमाडौँ, असोज १४ । अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ। यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्।

१. फेसवासका लागि राम्रो प्रोडक्ट चयन गर्नुपर्छ। आफ्नो छालाको किसिमअनुसार फेसवास रोज्नुपर्छ। हर्वल फेसवास सबैभन्दा राम्रो विकल्प हो। यसको साइडइफेक्ट हुँदैंन। तैलीय छालाका लागि नीम, एलोभेरा र मिन्ट फेसवास प्रयोग गर्न सकिन्छ। सुख्खा छालाका लागि केसर, मिल्क एण्ड हनी फेसवास प्रयोग गर्न सकिन्छ। डेड स्कीनका लागि स्क्रबवाला फेसवास प्रयोग गर्न सकिन्छ।

२. फेसवासका लागि बढी तातोपानी प्रयोग गर्नुहुन्न। यसले छाला खराब गर्न सक्छ। निकै चिसो पानी पनि उपयोगी हुन्न। फेसवासका लागि मनतातो पानी या ताजा पानीको प्रयोग उत्तम हुन्छ।

३. मानिसहरु बढी रगड्नाले अनुहारको छाला सफा हुन्छ भनी सोच्छन्। तर, यस्तो होइन। यस्तो गर्नाले अनुहारको बाहिरी नरम छाला निस्कन सक्छ र छाला सुख्खा हुन सक्छ। यसैले हल्का र आरामका साथ छाला सफा गर्नुपर्छ।

४. अनुहार पुछ्नु पनि स्वस्थ राख्ने तरिका हो। तर, बढी रगडेर पुछ्नाले बाहिरी छालामा असर पर्न सक्छ। यस्तो गर्नाले छालाभन्दा तल रहेको कमजोर भाग प्रदुषण र घामको सिधा सम्पर्कमा आउन सक्छ। सौन्दर्य विशेषज्ञका अनुसार दिनमा दुईपटकभन्दा बढी अनुहार पुछ्नुहुन्न।

५. मानिसहरु त्यति ध्यान दिँदैंनन्। तर, सौन्दर्यका हिसाबले मेकअप हटाउनुपनि जरुरी हुन्छ। यस्तो गर्नाले छालामा राम्रोसंग अक्सिजन पस्न पाउछ। मेकअप नहटाउँदा छालाले राम्रोसंग अक्सिजन लिन पाउँदैंन र क्षति हुन सक्छ।

६. दिनमा बिहान र बेलुका दुईपटक फेसवास गर्नु राम्रो मानिन्छ। यदि बढीपटक फेसवास गर्ने हो भने छालामा असर पर्न सक्छ। यदि मेक–अप, सनस्क्रीन आदिको प्रयोग नगर्ने हो भने राती विना फेसवास जेल पानीले मात्र अनुहार धुन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने