हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन सडक अवरुद्व

हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन सडक अवरुद्व : Icon Khabar

हेटौंडा, असोज १३ । हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध छ ।

अघिल्ला वर्षहरूमा बाढीपहिरोले अन्य सडकहरू अवरुद्ध हुँदा पनि त्रिभुवन राजपथ सञ्चालन हुने गरेको थियो । थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ ।

भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल-हुमाने-चखेल-मातातिर्थ-सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ ।

हेटौंडासँग जोडिएको पूर्व-पश्चिम लोकमार्ग मात्रै सञ्चालनमा छ ।

Published Date: 29 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली