काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडकको पहिरो आज पनछाईने

काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडकको पहिरो आज पनछाईने : Icon Khabar

धादिङ, असोज १३ । पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । सडकको लामो भाग लेदोले ढाकेको र पहिरोमा दुई वटा बससहितका सवारी साधन पुरिएकाले सावधानीपूर्वक काम गर्नुपर्ने हुँदा आज दिनभर समय लाग्न सक्ने धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् । केसीका अनुसार पृथ्वीराज मार्गमा रहेका केही पहिरो शनिवार हटाएको छ भने केही पहिरो बिहानदेखि नै हटाउने कार्य थालिएको छ ।

त्रिभुवन राजपथ र पृथ्वीराज मार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आज सुचारु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराएका छन् । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनहरूलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने