काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडकको पहिरो आज पनछाईने

काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडकको पहिरो आज पनछाईने : Icon Khabar

धादिङ, असोज १३ । पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । सडकको लामो भाग लेदोले ढाकेको र पहिरोमा दुई वटा बससहितका सवारी साधन पुरिएकाले सावधानीपूर्वक काम गर्नुपर्ने हुँदा आज दिनभर समय लाग्न सक्ने धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् । केसीका अनुसार पृथ्वीराज मार्गमा रहेका केही पहिरो शनिवार हटाएको छ भने केही पहिरो बिहानदेखि नै हटाउने कार्य थालिएको छ ।

त्रिभुवन राजपथ र पृथ्वीराज मार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आज सुचारु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराएका छन् । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनहरूलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ ।

Published Date: 29 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली