यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान

यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान : Icon Khabar

काठमाडौँ, असोज ९ । यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए ।

यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए।

Published Date: 25 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली