चिनियाँ सहर साङ्घाईमा आँधीले निम्त्यायो बाढी

चिनियाँ सहर साङ्घाईमा आँधीले निम्त्यायो बाढी : Icon Khabar

साङ्घाई, असोज ४ । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ ।

पुलासन आँधी बिहीबार राती साङ्घाईको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्ड (८३ किलोमिटर प्रतिघण्टा) को वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

सिन्ह्वाले आँधी स्थलतर्फ अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ । यद्यपि शुक्रबार बिहान पनि वर्षा भइरहेको छ ।

शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ । यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन ।

साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए ।

बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो । बेबिनका सन् १९४९ पछि साङ्घाईमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो ।

बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो । अधिकारीहरूले आँधी आउनुअघि साङ्घाईभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए ।

हरितगृह ग्यासहरूको उत्सर्जनका कारण जलवायु परिवर्तन हुँदा अत्यधिक मौसमी घटनाहरूलाई धेरै पटक र तीव्र बनाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो । यद्यपि यस मुलुकको प्रतिव्यक्ति उत्सर्जन प्रतिद्वन्द्वी आर्थिक शक्ति संयुक्त राज्य अमेरिकाको तुलनामा कम छ । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 September 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न