शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज ४ । घरेलु बजारमा लागातार ३ दिन घटेको सुनको मूल्यमा ब्रेक लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि सुनको मूल्य बढेको हो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

Published Date: 20 September 2024
ताजा
आज शुक्रबारको राशिफल
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय