सहकारीको रकम दुरुपयोगको प्रतिवेदन मन्त्रीपरिषद्ले स्वीकार गरेपछि कार्यान्वयन हुने

सहकारीको रकम दुरुपयोगको प्रतिवेदन मन्त्रीपरिषद्ले स्वीकार गरेपछि कार्यान्वयन हुने : Icon Khabar

काठमाडौँ, असोज १ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम दुरुपयोगका सन्दर्भमा साढे तीन महिनाको अध्ययन र अनुसन्धानपछि प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरेको छ ।

समितिको प्रतिवेदन सरकारले मन्त्रीपरिषद् बैठकबाट स्वीकार गरेपछि कार्यान्वयनको प्रक्रिया सुरु हुने छ । यसका लागि सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधि सभा बैठकमै सरकारलाई निर्देश गरेका छन्।

जेठ १५ गते प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सम्मिलित सात सदस्यीय समितिले सहकारीको बचत अपचलनको सन्दर्भ र यस सन्दर्भमा दीर्घकालीन समाधान खोज्ने गरी प्रतिवेदन दिएको छ ।

सभापति थापाले छानबिन र प्रतिवेदन तयारी अवधिमा समितिले ४५१ जनासँग छलफल गरेको जानकारी दिए। उनका अनुसार ५५ जना सहकारी सञ्चालकसँग छलफल गरिएको छ । उनले सहकारी क्षेत्रमा नक्कली ऋणीदेखि नक्कली सेयर सदस्यसम्मको बिगबिगी रहेको निष्कर्ष सुनाए । उनले विवाहदेखि अंशबन्डा, ऋणी नक्कली सिर्जना भएको बताए।

Published Date: 17 September 2024
ताजा
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी