देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि : Icon Khabar

काठमाडौँ, भदौ ३१ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।

Published Date: 16 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग