नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर : Icon Khabar

काठमाडौँ, भदौ ३१ । नेपाल बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ ।

बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.३० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिएको थियो ।

Published Date: 16 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग