वाणिज्य बैंकहरूले असोजका लागि पनि थप घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूले असोजका लागि पनि थप घटाए निक्षेपको ब्याजदर : Icon Khabar

काठमाडौं, भदौ ३१ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।

असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने