सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम

सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, भदौ ३१ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ३१ गते) सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार तोलामा ३ हजार र आइतबार ५०० रुपैयाँले बढेर सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । ३ दिनमा भाउ तोलामा ४ हजार रुपैयाँ बढेको देखिन्छ ।

पछिल्लो समय विशेषगरीः अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाउने संकेत गरेपछि सुनमा लगानीकर्ता आकर्षित बनेका हुन् । ४ वर्षपछि अमेरिकामा ब्याजदर घट्ने चर्चापछि विश्वका धेरै लगानीकर्ताले सुनमा लगानी गर्दा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ ।

लगानीकर्ताहरुले सामान्यतयाः सुनलाई आर्थिक अनिश्चितताको समयमा सुरक्षित लगानी ठान्ने गरेका छन् । अर्कोतर्फ, ब्याजदर न्यून हुँदा पनि बन्डलगायतमा प्रतिफल कम हुने भएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन्छन् ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।

विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १९ सय रुपैयाँ कायम रहेको थियो ।

Published Date: 16 September 2024
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता