सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम

सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, भदौ ३१ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ३१ गते) सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार तोलामा ३ हजार र आइतबार ५०० रुपैयाँले बढेर सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । ३ दिनमा भाउ तोलामा ४ हजार रुपैयाँ बढेको देखिन्छ ।

पछिल्लो समय विशेषगरीः अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाउने संकेत गरेपछि सुनमा लगानीकर्ता आकर्षित बनेका हुन् । ४ वर्षपछि अमेरिकामा ब्याजदर घट्ने चर्चापछि विश्वका धेरै लगानीकर्ताले सुनमा लगानी गर्दा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ ।

लगानीकर्ताहरुले सामान्यतयाः सुनलाई आर्थिक अनिश्चितताको समयमा सुरक्षित लगानी ठान्ने गरेका छन् । अर्कोतर्फ, ब्याजदर न्यून हुँदा पनि बन्डलगायतमा प्रतिफल कम हुने भएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन्छन् ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।

विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १९ सय रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने