यहि असोज १० गतेदेखी काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुने

यहि असोज १० गतेदेखी काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुने : Icon Khabar

काठमाडौँ, भदौ ३१ । काठमाडौंवासीले पुनः मेलम्चीको पानी उपभोग गर्न पाउनु भएका छन् । वर्खा लागेपछि तीन महिनाअघि बन्द गरिएको मेलम्चीको पानी वितरण गरिने कार्य पुनः सुचारु गर्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिले जनाए अनुसार मनसुन सक्रिय नभएको अवस्थामा आगामी असोज १० गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने छ ।

यसअघि बर्खा लागेपछि पानी धमिलिएको जनाउँदै गत असार १० गतेदेखि मेलम्चीबाट पानी ल्याउन बन्द गरिएको थियो ।

यसपटक मेलम्चीबाट दैनिक बीस करोड लिटर पानी ल्याउने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी उपयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने