यहि असोज १० गतेदेखी काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुने

यहि असोज १० गतेदेखी काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण हुने : Icon Khabar

काठमाडौँ, भदौ ३१ । काठमाडौंवासीले पुनः मेलम्चीको पानी उपभोग गर्न पाउनु भएका छन् । वर्खा लागेपछि तीन महिनाअघि बन्द गरिएको मेलम्चीको पानी वितरण गरिने कार्य पुनः सुचारु गर्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिले जनाए अनुसार मनसुन सक्रिय नभएको अवस्थामा आगामी असोज १० गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने छ ।

यसअघि बर्खा लागेपछि पानी धमिलिएको जनाउँदै गत असार १० गतेदेखि मेलम्चीबाट पानी ल्याउन बन्द गरिएको थियो ।

यसपटक मेलम्चीबाट दैनिक बीस करोड लिटर पानी ल्याउने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी उपयोग हुन्छ ।

Published Date: 16 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग