सरकारी कार्यालयसँगै देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने

सरकारी कार्यालयसँगै देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने : Icon Khabar

काठमाडौं, भदौ ३० । सरकारी कार्यालयहरूमा मात्रै नभई अब देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।

एक सूचना जारी गर्दै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत लगायत सम्पूर्ण अदालत तथा निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयहरूमा टीएमएस चलाउन रोक लगाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयहरूमा टीएमएस नचलाउने सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २३ भदौमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो । कार्यालय समयमा टीएमएस चलाएको/नचलाएको सम्बन्धमा सूचना प्रविधि प्रयोग गरी चेकजाँच गर्न समेत निर्देशन दिइएको छ ।

Published Date: 15 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु