सरकारी कार्यालयसँगै देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने

सरकारी कार्यालयसँगै देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने : Icon Khabar

काठमाडौं, भदौ ३० । सरकारी कार्यालयहरूमा मात्रै नभई अब देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।

एक सूचना जारी गर्दै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत लगायत सम्पूर्ण अदालत तथा निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयहरूमा टीएमएस चलाउन रोक लगाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयहरूमा टीएमएस नचलाउने सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २३ भदौमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो । कार्यालय समयमा टीएमएस चलाएको/नचलाएको सम्बन्धमा सूचना प्रविधि प्रयोग गरी चेकजाँच गर्न समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता