एमपक्स भाइरस विरुद्धको खोपलाई डब्लुएचओले दियो प्रयोगको स्वीकृति

एमपक्स भाइरस विरुद्धको खोपलाई डब्लुएचओले दियो प्रयोगको स्वीकृति : Icon Khabar

वाशिङटन डीसी, भदौ ३० । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ। सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो।

अहिलेसम्म एउटा निर्माताले मात्रै खोप बनाइरहेकोले यसको आपूर्ति सीमित भएको बताइएको छ।

अफ्रिकामा फैलिएको अहिलेको प्रकोप र भविष्यमा हुने सङ्क्रमण रोकथाम दुवैको दृष्टिमा एमपक्सविरुद्धको खोपले यसरी प्रयोगको अनुमति पाउनु भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण चरण भएको डब्ल्यूएचओका महानिर्देशक डा.टेद्रोस अधानोम गेब्रियससले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2024
Website | + posts