भक्तपुर जिल्ला बचतद्वारा आयोजित सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचतद्वारा आयोजित सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २३ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण उपसमितिको आयोजनामा सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थामा सदस्यको राम्रो सम्बन्धले मात्र संस्था सफल हुने भएकोले सदस्य सन्तुष्टिलाई विशेष ध्यान दिनुपर्ने विचार ब्यक्त गरे।

सदस्यको समस्या समाधानले सदस्यसंगको सम्बन्ध मजबुद हुने बताउदै हालको समस्या समाधानमा सदस्य र संस्थाको सम्बन्धले महत्वपुर्ण भुमिका खेल्ने कुरा बताए।

संघका संचालक एंव उपसमितिका संयोजक सन्तोषी खतिवडाले तालिमले सहकारीमा सदस्यको सम्बन्ध प्रभावकारी व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरेको बताईन् । उनले तालिमले धारणा, ज्ञान सिपलाई परिवर्तन ल्याई क्षमता अभिवृद्धि गर्ने भएकोले तालिम तथा सिकाईलाई निरन्तरता दिनुपर्ने विचार राखिन्।

संघका व्यवस्थापक बालकृष्ण धोजुले प्रभावकारी सदस्य सम्बन्धको व्यवस्थापन हुन नसक्दा हाल सहकारीमा समस्या तथा चुनौती बढी रहेको बताए। उनले सदस्यको राम्रो सम्बन्धले मात्र सहकारीका समस्या समाधान गर्न सक्ने कुरा बताए।

नेफ्स्कूनका कवि न्यौपानेले सहकारीमा सदस्य सम्बन्धको महत्व, सम्बन्ध विकासका चरण, उत्कृष्ट सेवा प्रवाहका तरिका, सदस्यसंग गर्ने व्यवहार लगायतका विषयमाा सहजिकरण गरेका थिए। न्यौपानेले तालिमबाट सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

उक्त तालिममा संघमा आबद्ध संस्थाहरुमध्ये ३४ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2023
Website | + posts