थी थी उपभोक्ता सहकारीको आयोजनामा स्लो साईकल रेस प्रतियोगिता सम्पन्न

थी थी उपभोक्ता सहकारीको आयोजनामा स्लो साईकल रेस प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २९ । भक्तपुरको थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तर सहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवार बीच) स्लो साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन भएको हो।

भक्तपुर जिल्लामा रहेका १५ वटा सहकारीका २६ खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगितामा थी थी उपभोक्ता सहकारी संस्थाका रेवत शाक्य ४ मिनेट ५२.९७ सकेण्ड समय व्यथित गरी प्रथम हुन सफल भए भने कस्मिक बचत तथा ऋण सहकारी संस्थाका आश्रय प्रजापति ३ मिनेट ५९ सकेण्ड समय व्यथित गरी दोश्रो एव ईन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिका राज गोरा २ मिनेट ५६.२५ सेकेण्ड समय खर्च गरी तेश्रो हुन सफल भएको जानकारी प्रतियोगिता संयोजक इन्द्र भक्त पंचले दिए।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि खत्रीले पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाले भक्तपुरका नागरिकहरुको स्वास्थ्यलाई ध्यान राखि २०५१ सालदेखि विभिन्न खेलकूदको प्रशिक्षण दिई रहेको र सवैले व्यायम गर्न सकुन् भने उद्देश्यले सार्वजनिक स्थलमा खुल्ला व्यायाम शालाको पनि व्यवस्था गरेको जानकारी दिए।

उनले साथै हाल वडा वडामा विशेष प्रकारको शारिरीक व्यायाम छि कोङ्ग पनि संचालन गरी रहेको बताए । त्यसैगरी नगरपालिकाले प्रत्यक बर्ष एक खेलमा अन्तर नगरपालिका खेलकूद प्रतियोगिता गर्नुका साथै स्कूल क्षेत्रबाटै खेलाडी तयार गर्ने उद्देश्यले नगरपालिकाकै आयोजनामा प्रत्यक बर्ष नगरस्तरीय विभिन्न १५ खेलमा प्रतियोगिता गर्दै आईरहेको जानकारी गराए।

मन्तव्यकै क्रममा प्रमुख अतिथि खत्रीले २०५४ सालमा जस्तै यो वर्ष मंसिरको २८ गते देखि पुष २ गतेसम्म भक्तपुर महोत्सव हुने जानकारी गराउँदै कला, संस्कृति तथा विभिन्न परम्परागत नाचगानका साथै खेलकूदको माध्यमबाट पनि आन्तरिक एव बाह्य पर्यटकलाई आकर्षित गर्न सो समयपनि टोल टोलमा विभिन्न खेलकूदको प्रतियोगिता गर्न सकिने बताए।

संस्थाका अध्यक्ष देवचन्द्र बज्राचार्यले सहकारीले बचत तथा ऋणको अलावा अतिरिक्त क्रियाकलापले सहकारी सहकारी विच अन्तर सम्बन्ध राम्रो हुनुका साथै विद्यार्थीको प्रतिभाको पहिचान गर्न सकिने हुन्दा यस्ता प्रतियोगिताहरु समय समयमा गरिरहने बताए।

त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष पशुपतिभक्त रायले सहकारी संस्थाहरुले अतिरिक्त क्रियाकलाप कार्यक्रमहरुमा पनि जोड दिनु पर्नु बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष अच्यूत प्रजापतिले प्रतियोगिता भाग लिंदा प्रतियोगिताको नियम राम्रोसँग अध्ययन गर्नु पर्ने र नियम भित्र बस्न नसक्दा विजय नजिक पुगेर पनि प्रतियोगिताबाट बाहिरिनु परेको घटना स्मरण गराए।

प्रतियोगितामा एकमात्र छात्रा सहभागी खेलाडी अरिस्था ध्वजुलाई पनि मायाको चिनो वितरण गरेको थियो । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक ईश्वर पलिखेलले प्रतियोगिताको ‍औचित्यमाथि प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2024
Website | + posts