भक्तपुरको ब्यासीमा कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने पक्राउ

भक्तपुरको ब्यासीमा कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने पक्राउ : Icon Khabar

भक्तपुर, भदौ २९ । भक्तपुरको ब्यासीमा कम तौलको सुनको गहना बनाई नक्कली बिल सहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गर्ने महिलाहरु पक्राउ परेका छन्।

ती महिलाहरुलाई विभिन्न ठगीका मालसामन सहित पक्राउ गरिएको हो। ठगी गर्ने महिलाहरुको सम्बन्धमा प्रहरी वृत्त सातदोबाटो
ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका लागि वृत्त सातदोबाटो ललितपुर पठाइएको छ।

पक्राउ पर्ने महिलाहरु:
१. जिल्ला सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने वर्ष ५५ की मनमाया थापा
मगर ।
२. जिल्ला उदयपुर आमबासी घर भई जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ५४ की चन्द्रकला विश्वकर्मा ।
३. जिल्ला सप्तहरी सप्तकोशी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने वर्ष ४० की राधा विश्वकर्मा ।

बरामद सामानहरु:

१. सुन जस्तो देखिने पहेलो धातुको तिलहरी – ४ थान
२. चुरा – २ थान
३. बाला – १ थान
४. नाकको फुलि र पेच – १५.८० ग्राम
५. हरियो र पहेलो रंगको पोते – ३०/३० थान
६. विभिन्न ज्वेलर्सहरुको बिल – १५ थान
७. बन्दकी राख्दा लिने दिने कागज चिट – ३० थान
८. विभिन्न भिजिटिङ कार्ड – ३० थान
१०. नगद रकम रु. ३,४२,५००।- (तिन लाख बयालिस हजार पाँच सय)

Published Date: 14 September 2024


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड