भक्तपुरको ब्यासीमा कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने पक्राउ

भक्तपुरको ब्यासीमा कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने पक्राउ : Icon Khabar

भक्तपुर, भदौ २९ । भक्तपुरको ब्यासीमा कम तौलको सुनको गहना बनाई नक्कली बिल सहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गर्ने महिलाहरु पक्राउ परेका छन्।

ती महिलाहरुलाई विभिन्न ठगीका मालसामन सहित पक्राउ गरिएको हो। ठगी गर्ने महिलाहरुको सम्बन्धमा प्रहरी वृत्त सातदोबाटो
ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका लागि वृत्त सातदोबाटो ललितपुर पठाइएको छ।

पक्राउ पर्ने महिलाहरु:
१. जिल्ला सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने वर्ष ५५ की मनमाया थापा
मगर ।
२. जिल्ला उदयपुर आमबासी घर भई जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ५४ की चन्द्रकला विश्वकर्मा ।
३. जिल्ला सप्तहरी सप्तकोशी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने वर्ष ४० की राधा विश्वकर्मा ।

बरामद सामानहरु:

१. सुन जस्तो देखिने पहेलो धातुको तिलहरी – ४ थान
२. चुरा – २ थान
३. बाला – १ थान
४. नाकको फुलि र पेच – १५.८० ग्राम
५. हरियो र पहेलो रंगको पोते – ३०/३० थान
६. विभिन्न ज्वेलर्सहरुको बिल – १५ थान
७. बन्दकी राख्दा लिने दिने कागज चिट – ३० थान
८. विभिन्न भिजिटिङ कार्ड – ३० थान
१०. नगद रकम रु. ३,४२,५००।- (तिन लाख बयालिस हजार पाँच सय)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 14 September 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित